गौशाला घटना : घाइतेको पहिचान खुल्यो

काठमाडौं, असोज १५ गते ।

गौशालामा घटनामा घाइते भएका व्यक्तिको पहिचान खुलेको छ। घाइते हुनेमा पिके डायगोनिस्टिक सेन्टर प्रालिका सञ्चालक साबिर हुसेन रहेको खुलेको छ।

उनीमाथि आक्रमण गरेर कटुवा पेस्तोल र चक्कु छाडेर अभियुक्त फरार भएका थिए। प्रहरीले घटनास्थलबाट चक्कु र पेस्तोल बरामद गरेको छ।

गौशालाको शारदा माध्यमिक विद्यालय नजिकै हुसेनमाथि आक्रमण भएको थियो। घटनास्थलबाट पेस्तोल चक्कु बरामद भएपछि उनीमाथि केले आक्रमण गरियो भन्ने खुलिनसकेको प्रहरीले जनाएको छ।

गोली प्रहारबाट घाइते भएका हुसेनलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज लगिएको छ।

हुसेनमाथि आक्रमण गर्नेले कालो सर्ट, कालो पाइन्ट, सर्टको बाहुला च्यातिएको कपडा लगाएको तराई मुलको जस्तो देखिने व्यक्ति रहेको प्रहरीले जनाएको छ।– नेपाल लाइभ