प्रशासनलाई पेलेर विद्यालय परिसरमा ‘आरकेस्ट्रा’

द पब्लिक टुडे
ढल्केवर, कार्तिक ४ गते ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, विभिन्न संघसंस्था र ऐन कानुनले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरेको छ । तर, महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर ९ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनाथ बनरझुल्लाको परिसरमा विद्यालय क्षेत्रको शान्ति सुव्यवस्था खलबलाउने गरी आरकेस्ट्रा नचाउने तयारी गरिएको छ ।

विद्यालय परिसरमा आरकेस्ट्रा नाँचसहितको मेलाले शिक्षाको मन्दिर भनिने विद्यालयमा शान्ति सुव्यवस्था खलबलाउने भन्दै स्थानीयहरुको एक समूहले प्रशासनमा उजुरी गरेका छन् । शुक्रवार स्थानीय अमृत कुमार महतो, रामविलास महतो, पानो देवी, विल्टु महतोसहितका स्थानीयहरुले इलाका प्रशासन कार्यालय बर्दिवासमा उजुरी दर्ता गराएका हुन् । उनीहरुले मुठीदान अभियानले मुहार फेरिएको उक्त विद्यालयलाई ध्वस्त बनाउन लागेको आरोप समेत लगाएको छ ।

दुर्गा पुजाको नाममा मेला समितिले स्थानीय जनप्रतिनिधिहरुको समर्थनमा आईतबारदेखि विजयादशमीसम्म आरकेस्ट्रा नाँच संगसंगै मेलामा लगाउने पसलहरू विद्यालयमा परिसरमा राख्ने गरी मेला आयोजना गरिरहेको उजुरीमा उल्लेख छ ।

चार वर्ष अगाडी विद्यालयमा हुँदै आएका यस्ता आरकेस्ट्रा अश्लिल नाच जस्तो हरकत प्रसाशनको सहयोग र विद्यालय समितीको अनुरोधमा रोक लगाएको थियो । तर अहिले राजनिति स्वार्थ परिपूती गर्नका लागी कानूनको धज्जी उडाउदै शिक्षाका मन्दिर विद्यालय क्षेत्रको शान्ति सुव्यवस्था खलबलाउने कुचेष्टा रहेकोले विद्यालय परिसरमा आयोजना लागेको आरकेस्टा नाचमा रोक लगाएर यस्ता कार्यमा संग्लन व्याक्तिहरुलाई कावाहीका लागी उनीहरुले प्रशासन समक्ष आग्रह गरेका छन् ।

कोभिड महामारी जस्तो संकटको आवस्थामा जुनसहयोगी युवा संजाल वर्दिवास महोत्तरीले मठी दान अभियान चलाएर विद्यालयमा चिल्ड्रेन पार्क, बाल उधान र भौतिक संरचना निर्माण गरेको थियो । ‘मुठीदान अभियानले विद्यालयको मुहान फेरिएको छ । तर अहिले यहाँका केही समूहले विद्यालयको माहोललाई ध्वस्त बनाउनका लागिपरेको छ । उनीहरुलाई कानून बमोजीम कावाहीको माग गर्दछौ,’ सञ्चारकर्मी समेत रहेका स्थानीय अमृत कुमार महतोले भने । आजको द पब्लिक टुडे दैनिकमा समाचार छ ।

Scroll to Top