महिला टि-२० आई सिरिज : जापान ४५ रनले पराजित

द पब्लिक टुडे
गौशाला, मंसिर ३ गते ।

महिला टि–२० आई सिरिजमा अन्तरगत तेस्रो स्थानका लागि भएको खेलमा नेपालले जापानलाई ४५ रनले पराजित गरेको छ ।

हङकङमा जारी महिला टि–२० आई सिरिजमा आइतबार बिहान निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा नेपालले जापानलाई ११६ रनको लक्ष्य दिएको थियो ।

लक्ष्य पछ्याउने क्रममा जापानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ७० रन मात्र बनाउन सक्यो । जापानका लागि आकारी निशिमुराले सर्वाधिक २९ रन र हिनासे गोटोले १६ रन, अहिल्या चन्देलले ११ रनको योगदान गरिन्। अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

नेपालका लागि रुविना क्षेत्री, संगिता राईले, सीता रानामगरले, सोनी पाख्रिनले र खुसी डंगोलले समान १–१ विकेट लिइन् ।

यस अगाडि टस जितेर ब्याटिङ गरेको नेपालले ११५ रन बनाएको थियो । नेपालका लागि पूजा महतोले ५१ बलमा सर्वाधिक ४३ रन बनाइन् । त्यसैगरी रोमा थापाले २२ रन, पूर्वकप्तान रुविना क्षेत्रीले २१ रन, कप्तान इन्दु बर्माले १२ रन, सीता रानामगरले ५ रन, काजल श्रेष्ठले ३ रन र अस्मिना कर्मचार्यले २ रनको योगदान गरिन् ।

शनिबारको खेलमा पनि नेपालसँग जापान ६७ रनले पराजित भएको थियो । ११४ रनको लक्ष्य पछ्याएको जापानले निर्धारित ओभरमा ४६ रन बनाउँदै अल आउट भएको थियो । चार देश सम्मिलित महिला टि–२० सिरिजमा नेपाल र जापान उपाधि भिडन्तबाट बाहिरिसकेका हुन् भने तान्जानिया र हङकङले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत तान्जानिया र हङकङले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । नेपाल पहिलो खेलमा बुधबार तान्जानियासित २७ रनले पराजित भएको थियो ।

यस्तै बिहीबार भएको दोस्रो खेलमा नेपाल हङकङसित ९ विकेटले पराजित भएको थियो। महिला टि–२० सिरिजमा घरेलु टोली हङकङसहित नेपाल, तान्जानिया र जापान सहभागी छन् ।