द पब्लिक टुडे
ढल्केवर, मंसिर १२ गते ।
धनुषाको मिथिला नगरपालिका वार्ड नम्बर – १ मा मगही सामा– चकेवा कार्यक्रम सम्पन्न भएकोे छ ।
सामा चकेवा कार्र्यक्रम श्री श्री १०८ श्री कार्तिक कुमर मेला समिति मि.न.पा – १ लक्ष्मीनिवासका मेला समितिको आयोजनामा मगही साँस्कृति संक्षणका लागि समा चकवा कार्यक्रम भएको मेला समितिका सदस्य राम बाबु महतोले जानकारी दिए ।
कार्यक्रममा जम्मा १० वटा टीमहरु सहभागि रहेका थिए । त्यस मध्ये जय माँ सरस्वति प्रथम, बिषहारा युवा समुह द्वितिय, त्रिशक्ती समूह तृतिय स्थान हासिल गरेका थिए भने मिथिला समूहले सान्तवना स्थान हाथ पारेको मेला समितिका सदस्य भारती महतोले जानकारी दिए ।
उक्त आयोजनको मूल्यांकन समितिमा समाजसेवी तथा शिक्षक अरुण कुमार महतो र मगही भाषा तथा समाजिक अभियान्ता फुलगेन मगही निर्णायक मुल्यांंकन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै स्थानीय समाजसेवी राज कुमार महतोले यस किसिमको आयोजनले समाजमा भइ रहेको अनेक किसिमकोे उश्रृङखलता तथा असलिलता माथिको ठुलो प्रहार र बास्तबिकताले समाजमा सुधार आउने भएको हुदा आफ्नो साँस्कृति आफै बचाउनु अहिलेको आवश्यकता रहेकाले समाजिक रुपमा यस आयोजनले सकारात्मक प्रभाव परेके बताए ।
दिदी बहिनीले आ–आफ्नो घर दैलोेमा खेल्दै आएको यो मगही लोक पर्व समा – चकवा पर्वलाई सबैैजना एक ठाउँमा खेल्दा साँस्कृति संरक्षण संगै पुस्ता हस्तातरणमा पनि ठूलो सहयोेग हुने भएको हुदा यस सांंस्कृतिलनई जोगाउनको लागि आफ्नो स्तारबाट आउने साल देखी उजागर र संरक्षण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गी यस कार्यक्रमलाई भाव्यता दिने मिनपा – १ का वडाअध्यक्ष जोेगी महतोले प्रतिबद्धता जाहेर गरे ।
प्रमुख अतिथिकोे आसनबाट बोल्दै मिथिला नगरपालिका नगरप्रमुख महेन्द्र्र महतोेले यस समा चकवा कार्यक्रमलाई आउने वर्ष देखी नगर स्तरिया समा – चकवा कार्यक्रमकोे रुपमा आयोजना गरी भव्यता दिन आयोजक पक्षलाई आग्रह गरे । साथै आउने वर्ष देखी यस कार्यक्रमको लागि सांस्कृति सम्बद्र्धनको निम्ति नगरबाट बजेट बिनियोजन गर्ने जानकारी समेत दिए ।
मेला सतितिका अध्यक्षले सहभागी टीम लगायत अतिथि र दर्शकलाई धन्यवाद ज्ञपान गर्दै समा चकवा कार्यक्रम सम्पन्न गरेका थिए भन्ने मिला समितिले लोक नाच अल्लाह रुदल हेर्नका लागि सबैमा आह्वान पनि गरेका थिए ।