गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दम्पतीको मृत्यु

File Photo

द पब्लिक टुडे
गौशाला, मंसिर १४ गते ।

ललितपुरको महालक्ष्मी नगरपालिका–६ लुभु सानागाउँमा नम्बर नखुलेको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ ।

नम्बर नखुलेको गाडीले बा.२९ प ९४८५ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको प्रहरीलेजनाएको छ ।

मृत्यु हुनेहरूमा मोटरसाइकल चालक महालक्ष्मी(८ लुभु घर भएका ४३ वर्षीय दिनेश श्रेष्ठ र उनकी श्रीमती ३७ वर्षीया संगिता श्रेष्ठ रहेका प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको कृष्ट अस्पताल इमाडोलमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न शंकास्पद गाडीलाई लुभुस्थित खेतबाट प्रहरीले नियन्त्रणमा लिएको छ । हाल फरार गाडी चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । अनलाइनखबर