गौतमको चारतारे मापदण्डको होटल सञ्चालनमा [फोटोफिचर]

द पब्लिक टुडे
ढल्केवर, मंसिर १६ गते ।

धनुषाको मिथिला नगरपालिकामा चारतारे मापदण्डको गौतम होटल सञ्चालनमा आएको छ ।

आर्थिक मन्दीलाई चुनौती दिँदै गौतम होटल प्रालि बर्दिबासले धनुषाको मिथिला नगरपालिका-९ स्थित लालगढमा ३५ करोडको लगानीमा चारतारे मापदण्डको होटल सञ्चालनमा ल्याएको हो ।

शनिवार उक्त होटलको मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले उद्घाटन गरेका हुन् । ‘समय सापेक्ष बदलिदो सोच, गौतम होटलको नविनतम अठोट’ भन्ने भावकासाथ अत्याधुनिक सेवा सुविधा सहितको होटल निर्माण गरिएको गौतम होटलका सञ्चालक हिरालाल गौतमले जानकारी दिए । ‘होटलको कूल लागत ५० करोडको अनुमान गरेका थियौं । अहिलेसम्म ३५ करोड लगानी भईसकेको छ । कामहरु धेरै बाँकी छ । सबै काम सकिदासम्म ५० करोडभन्दा बढी जान्छ,’ सञ्चालक गौतमले भने ।