फिल्मफेयरमा आलिया र रणवीर उत्कृष्ट

द पब्लिक टुडे
गौशाला, माघ १५ गते ।

६९औँ फिल्मफेयर फिल्म अवार्डको आइतबार घोषणा गरिएको छ ।

भारतको गुजरातमा आयोजित अवार्ड समारोहमा आलिया भट्टलाई उत्कृष्ट अभिनेत्रीको अवार्ड दिइयो । फिल्म ‘रकी और रानी की प्रेम कहानी’मा अभिनय गरेबापत उनले यो अवार्ड पाएकी हुन् ।

रणवीर कपूरले फिल्म ‘एनिमल’मा गरेको अभिनयका निम्ति उत्कृष्ट अभिनेताको अवार्ड पाए ।

‘१२औँ फेल’ले २०२३ को उत्कृष्ट फिल्मको अवार्ड प्राप्त गर्‍यो । यही फिल्मका निर्देशक विधु विनोद चोपडाले उत्कृष्ट निर्देशकको अवार्ड पाए ।

विक्की कौशललाई फिल्म ‘डंकी’मा गरेको अभिनयका निम्ति सर्वोत्कृष्ट अभिनेता ९सहयोगी भूमिका०को उपाधि दिइयो । फिल्म ‘रकी और रानी की प्रेम कहानी’मा गरेको अभिनयका लागि शबाना आजमीलाई सर्वोत्कृष्ट अभिनेत्री ९सहयोगी भूमिका०को अवार्ड दिइयो । बीबीसी हिन्दीबाट ।