काठमाडौँ, माघ २८ गते ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुने भएको छ ।
चार महिने रुपान्तरण अभियान र पार्टीका संरचनामा केन्द्रीत भएर माओवादी केन्द्रीय समिति बैठकमा छलफल हुने भएको हो ।
बैठक राष्ट्रिय सभागृहमा सुरु हुँदै छ । बैठकमा प्रस्तावित विधान मस्यौदामाथि पनि छलफल हुने छैन ।
माओवादीको १ फागुनदेखि सुरु हुने विधान सम्मेलनकै तयारी स्वरुप बस्न लागेको बैठकमा प्रस्तुत हुने मस्यौदालाई एजेन्डा नबनाउने सहमति माओवादीको शनिबार सम्पन्न स्थायी समिति बैठकले निर्णय गरेको छ ।
बैठकमा जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको समीक्षा र छलफल हुने उनले माओवादी केन्द्रले जनाएको छ ।
साथै, समसामयिक राजनीति र १ फागुनदेखि सुरू हुने विधान सम्मेलनबारे पनि बैठकमा छलफल हुने जनाइएको छ । माओवादी केन्द्रीय कमिटीको बैठक भोलिसम्म बस्नेछ । अनलाइनखबर