घट्यो सुनको मूल्य, तोलाको कति?

काठमाडौँ, माघ २८ गते ।

सुनको मूल्य आइतबार तोलामा ५ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आइतबार १ लाख १८ हजार र तेजाबी सुन १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको छ।

चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । यसअनुसार चाँदी १ हजार ३ सय ९० रुपैयाँमै कारोबार भएको छ।

गत शुक्रबार भने छापावाल सुन १ लाख १८ हजार ५ सय, तेजाबी सुन १ लाख १७ हजार ९ सय ५० र चाँदी १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो । नेपालखबर