कुशलले दिलाए नेपाललाई अर्को सफलता

काठमाडौँ, माघ २९ गते ।

अलराउण्डर कुशल मल्लले क्यानडाको तेस्रो विकेट लिएका छन्।

१९ औँ ओभरको पहिलो बलमा निकोलस किर्तनलाई ३ रनमा भिम सार्कीको हातबाट क्याच आउट गराए।

त्यसअघि आकाश चन्दले १४ औँ ओभरको अन्तिम बलमा श्रीमान्था विजयरथेलाई क्याच आउट गराए।

तेस्रो ओभरको चौथो बलमा ओपनर आरोप जोनसनलाई ४ रनमा क्याच आउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको क्यानडाले १८।१ औँ ओभरको खेल जारी रहँदा ३ विकेटको क्षतिमा ७४ रन बनाएर खेलिरहेको छ। नेपालखबर