चार करोड ठगीको आरोपमा भारतीय व्यापारी पक्राउ



काठमाडौं, माघ २९ गते ।

कपडा कारोबारमा ठगी गरेको आरोपमा काठमाडौं बस्ने भारतीय व्यापारी राजेश सिंह पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले उनलाई गत साता पक्राउ गरेको हो। अस्ट्रियामा बस्ने भारतीय व्यापारीलाई नै ठगी गरेको उजुरीका आधारमा उनी पक्राउ परेका हुन्।

कास्मिरी कपडा पठाउने भनेर पैसा लिएको, तर नपठाएको उजुरी उनीविरुद्ध परेको छ। पक्राउ परेका सिंहले भने केही सामान पठाइसकेको र बाँकी पठाउने क्रममा रहेकाले आफूले ठगी नगरेको दाबी गरेका छन्।

Scroll to Top