मिटरब्याजपीडित महिलाको हातमा लाठी (तस्वीरहरू)

सुशील श्रेष्ठ

काठमाडौं, फाल्गुण १४ गते

देशभरबाट काठमाडौं आइपुगेका मिटरब्याजपीडितहरूले काठमाडौंमा हरेक दिनजसो प्रदर्शन गरिरहेका छन् ।

उनीहरू प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा बसेर प्रदर्शन गरिरहेका बेला सोमबार उनीहरूलाई सरकारले त्यहाँबाट हटाउन लागेको सूचना आयो । त्यसपछि पीडित महिलाहरू हातमा लाठी लिएर बसेका थिए ।

सरकार र पीडितबीच आइतबार पहिलो चरणको वार्ता भएको थियो । सोमबार पनि वार्ता हुने भनिए पनि साँझसम्म वार्ता सुरु हुन सकेको छैन ।