पहिचान र संस्कृति जगेर्ना गर्न बर्दिबासमा आदिवासी जनजाति महोत्सव (फोटो फिचर)

रोशन कुमार महतो

बर्दिबास, फागुन २४ गते ।
पहिचान र संस्कृति जगेर्ना बर्दिबासमा आदिवासी जनजाति महोत्सव लगाइएको छ । बर्दिवासमा यो आदिवासी जनजाति महासंघले लगाएको चौँथो महोत्सव हो ।
महोत्सवको बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले उद्घाटन गरेका छन् । महोत्सव चैत्र ५ गतेसम्म चल्ने छ ।

आदिवासी जनजातिको पहिचान र संस्कृति जगेर्ना गर्ने उद्देश्यले महोत्सव आयोजन गरिएको नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्का अध्यक्ष धननारायण जोशीले बताए ।

जिल्लामा बसोवास गरिरहेका ९ जनजातिले महोत्सवमा आ आफ्ना भेषभुषा, पहिरन र रहनसहन झल्काउने झाँकी सहित बर्दिबास चोकमा र्याली समेत निकालिएको थियो ।