पेट्रोलको मुल्य बढ्यो

काठमाडौं, चैत १८ गते ।

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँले बढाएको हो ।

इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य  प्रतिलिटर ४।७६ रुपैयाँले बढेर आएपछि नेपालमा पनि बढाइएको निगमले जनाएको छ । योसँगै काठमाडौँमा पेट्रोलको मुल्य १७४ रुपियाँ प्रतिलिटर भएको छ ।

त्यसैगरी डिजेल र मट्टीतेलको मूल्य प्रतलिटर ०।३९ रुपैयाँ, हवाई इन्धनको मूल्य ०।३८ रुपैयाँ तथा एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २७।४४ रुपैयाँले घटेर आए पनि अहिलेलाई यथावत् राखिएको निगमले जानकारी दिएको छ ।

नयाँ मुल्य आज राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ ।