सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा

अत्तरिया, चैत १९ गते ।

सुदूरपश्चिमका रानाथारु समुदायले आज खखडेहरा पर्व मनाउँदै छन् ।

रानाथारू समुदायको सबैभन्दा ठूलो पर्व होरीको अन्तिम दिनका रूपमा खखडेहरा मनाइने चलन छ।

एक महिना लामो समयसम्म मनाइने होरी पर्वको समापनका दिन रानाथारु समुदायले खखडेहरा मनाउने गर्दछन्।

यसै अवसरमा सुदूरपश्चिममा आज (सोमबार) सार्वजनिक बिदा दिइएको छ। खखडेहराको अवसरमा सार्वजनिक प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो। न्युज कारखाना