धनुषा : आगलागीमा जलेर एक महिलाको ज्यान गयो



द पब्लिक टुडे
जनकपुरधाम, वैशाख १० गते ।

धनुषामा आगलागीमा जलेर एक महिलाको ज्यान गएको छ ।

धनुषा प्रहरीले दिएको जानकारी अनुसार जिल्लाको हंसपुर नगरपालिका–१ भगवानपट्टीमा स्थानीय ४२ वर्षीय विन्देश्वरी कापरको आगलागीमा जलेर ज्यान गएको छ ।

सोमबार दिउँसो साढे ३ बजेतिर आँप बगैंचामा रहेको परालको तीनवटा थुप्रोमा आगलागी हुँदा उनको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

आगो प्रहरी र वारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिएपछि उनको शव जलेको अवस्थामा भेटिएको हो । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जनाएको छ ।

Scroll to Top