निरुता चौधरी
गौशाला, जेठ ७ गते ।
महोत्तरी प्रहरीले ठुलो मात्रामा गाँजासहित एक जनालाई पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सर्लाहीको पर्सा गाउँपालिका–१ का २१ वर्षीय चन्दन यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक धर्मराज मुडभरीका अनुसार सोमवार जिल्लाको औरही नगरपालिका–८ टिम्कियामा बीआर ३० एएच २३८८ को भारतीय नम्बर प्लेटको कारलाई चेकजाँच गर्दा १०७ किलो गाँजा बरामद भएको हो ।

कारको डिक्कीमा लुकाएर लैजाँदै गरेको अवस्थामा २० वटा पोकामा रहेको १०७ किलो ४८५ ग्राम गाँजा बरामद भएको प्रहरी निरीक्षक मुडभरीले बताए ।
प्रहरीले पक्राउ परेका यादवसँगै गाँजा ओसारपसारमा प्रयोग भएको कार पनि नियन्त्रणमा लिएको छ । पक्राउ परेका यादवलाई महोत्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।