महोत्तरी : गोली प्रहारबाट एकजना घाइते

File Photo

निरुता चौधरी
गौशाला, जेठ २८ गते ।

महोत्तरीमा अज्ञात समूहको गोली प्रहारबाट एकजना गम्भी घाईते भएका छन् ।

अज्ञात समूहको गोली प्रहारबाट गम्भीर घाइते हुनेमा गौशाला नगरपालिका–११ का करिव ३५ वर्षीय विनय कुमार महतो (मुरारी) रहेका छन् ।

सोमबार महोत्तरीको गौशालाबाट घरतर्फ जाने क्रममा मरहा नदीमा मोटरसाइकलमा आएका ७–८ जनाको समूहले लुटपाटको प्रयास गरेको थियो । सो क्रममा महतो प्रतिकारमा उत्रिएपछि सो समूहले गोली प्रहार गरेको हो ।

डाँढमा गोली लागेपछि गम्भीर घाईते भएको विनयको थप उपचारको लागि जनकपुर पठाईएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जयसवारले जानकारी दिएका छन् ।