काठमाडौं, भदौ ६ गते ।
घरेलु टोली नेपालले साफ यू-२० च्याम्पियनसिपमा बंगलादेशविरुद्ध पहिलो हाफमा २-१ को अग्रता लिएको छ । बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा नेपालका लागि समीर तामाङ र नीराजन धामीले गोल गरे ।
बंगलादेशका लागि मिरजुल इस्लामले पेनाल्टीमा गोल फर्काएका हुन्। यो खेलपछि समूह ‘ए’ को विजेता टुंगो लगाउने छ । पहिलो खेलमा दुवै टोलीले श्रीलंकालाई पराजित गरेका थिए ।