निरुता चौधरी
गौशाला, असोज ११ गते ।
धनुषाको बटेश्वरमा खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना दोश्रो चरणको कार्यक्रम आरम्भ भएको छ । कृषि, पशुपालन मार्फत खाद्य सुरक्षा तथा पोषण कार्यक्रम आरम्भ भएको हो ।
आयोजना क्लष्टर इकाई जनकपुर मार्फत बटेश्वरको ५ वटै वडामा ८५ प्रतिशत अनुदानमा सिंचाइ प्रणली निर्माण, साना सिंचाई, महिला तथा पिछडिएको समूहहरुलाई फार्म मेसिनरी तथा औजार उपकरणमा सहयोग, धान गहुँ, आलु, सिजनल तरकारीको बिउमा सहयोग, बाली उत्पदान तथा प्रर्वद्धन गर्ने कार्याक्रम सुरु भएको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना जनकपुरका प्रमुख युगल किशोर तिवारीले बताए ।
आयोजनाबाट समुह गठन गरी पशु पालन अन्र्तगत बाख्रा प्रवद्र्धन कार्यक्रम, पोषण सुरक्षा सुधार, पोषण पाठशाला स्थापना तथा संचालन गर्ने तिवारीले बताए । आर्थिक वर्ष २०८१÷८२ मा २३ करोड ४१ लाख ४३ हजार बजेट बटेश्वर गाउँपालिकामा कृषि उत्पादन बढाएर उचित बजारिकरणको व्यवस्थापन तथा पशु पालन प्रर्वधन गर्दै यस क्षेत्रको सिंचाईको समस्या समाधानका लागि पहल गरिने प्रमुख तिवारीले बताए ।
आयोजना कार्यन्वय प्रक्रिया अगाडी बढाइएको कार्यक्रमलाई सफल बनाउन त्रुटिहरु सुधार्दै अनुगमन बढाउनु पर्नेमा वक्ताहरुले जोड दिएका छन् । बिहिबार आयोजित खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना सम्बन्धी गाउँपालिका स्तरीय अभिमुखिकरण कार्यक्रममा लक्षित वर्गलाई कार्यक्रममा समावेश गर्न सर्वेको क्रममा भएको त्रुटी सुधार्न सहभागिहरुले सुझाव दिएको छ ।
गाउँपालिकामा खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाको कार्यान्वयन हुन लागेको कार्यक्रममा सुधारका साथै अनुगमन गर्न सरोकारवालाहरुले सुझाव दिए । बटेश्वर–२ का वडाध्यक्ष राममणि कुशवाहाले घरधुरी छनौटमा त्रुटि भएकोले सुधार गरी लक्षित वर्ग गरिव विपन्नलाई समूह बनाउँदा प्राथमिकतामा राख्न सुझाव दिए । वडा नं. ५ का वडाध्यक्ष शिवकरण यादवले खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाले बनाउने समुहका लागि छनौट भएको घरधुरी सर्वे गर्दा र सर्वे पछिको रिपोर्ट फरक देखिएकोले कमजोर परिवारलाई प्राथमिकतामा राख्न माग गरे ।
बटेश्वर–३ का स्थानीय किसान लक्ष्मी कुमारी महतोले आयोजनाले समूह मार्फत गर्ने सहयोगले आयआर्जनसंगै खेतिपाति गर्न सहज हुने भन्दै खुसि व्यक्त गरिन । खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना दोश्रो चरणको कार्यक्रम बटेश्वरमा ३ वर्षसम्म संचालन गर्न पशु, कृषि र पोषणका ३ जना विज्ञ, तीनै क्षेत्रमा काम गर्ने ६ जना फिल्ड कर्मचारी राखिएको छ । आयोजनाको कार्यक्रम स्थानीय तहसंग समन्वय गरी संचालन गरिने छ ।
भूकम्प र बाढी प्रभावित ८ जिल्लामा ४ खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना इकाई स्थापना गरिएको छ । मधेश प्रदेशमा बाढी प्रभावित महोतरी र धनुषाको कार्यक्रम जनकपुर कार्यालयबाट, सिरहा र सप्तरीमा राजविराज कार्यालयबाट संचालन भइरहेको छ । जनकपुर कार्यलयबाट धनुषाको बटेश्वर, जनकनन्दनी र महोत्तरीको सोनमा, सम्सीमा कार्यक्रम संचालन भइरहेको छ ।