निरुता चौधरी
गौशाला, असोज १२ गते ।
रेविज रोग उन्मुलनको जिम्मेवारी भेटिनरीयनहरुको काँधमा आएको विज्ञहरुले बताएका छन् । कुकुरको टोकाईबाट रिविज रोग लाग्ने भएकोले कुकुर र घरपालुवा अन्य जनावरमा रोग लाग्नै नदिन भेटनरीयनहरुको प्रयास आवश्यक रहेको विज्ञहरुको भनाई छ ।
“अवरोध हटाऔँ रेविज उन्मूलन गरौँ” मूल नारासहित विश्व रेविज दिवसको अवसरमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, धनुषाको आयोजनामा जनकपुरधाममा आयोजित पशु चिकित्सक तथा पशु प्राविधिकहरुसंग रेविज रोग सम्बन्धी अन्तरक्रिया कार्यक्रममा पशु चिकित्सकहरुले रेविजको सवालमा समुदायमा सचेतना र गम्भिरताबारे भेटनरीयनको भुमिका महत्वपूर्ण रहेको वक्ताहरुले बताएका छन् ।
कार्यक्रममा मधेश प्रदेशका पशुपन्छी तथा मत्स विकास निर्देशनालयका प्रमुख जागेश्वर यादवले सामुदायमा रहने जनावर कुकुरबाट लाग्ने रोगबारे तल्लो तहसम्म जनचेतना बढाएर मात्रै रेविज रोग नियन्त्रण गर्न सकिने बताए ।
उनले विश्वमा एक वर्षमा रेविजका कारणले ५५ हजार मानिसको मृत्यु हुनुका साथै नेपालमा ५ सय चौपाया तथा ३२ जना मान्छेको रेविज रोगका कारणले मृत्यु भएको बताउँदै रेविजको विषयमा जनचेतना फैलाउन आवश्यक भएको बताए ।
पशुपन्छी रोग अन्वेशन प्रयोगशाला जनकपुरका प्रमुख उमेश प्रसाद साहले रेविज लागेपछि ठिक नहुने भएकोले शंका र भ्रम हुनसाथ भ्याक्सिन लगाउनु पर्ने सन्देश सर्वसधारणलाई दिनु पर्ने बताए ।
रेविजबारे भ्रम पाल्नु र आफुलाई रेविज लागेको शंका हुँदा तीन पटक भ्यास्किन लिन साहले आग्रह गरे ।
पशु सेवा तालिम केन्द्र जनकपुरका प्रमुख फेकन साहले रेविज लाग्ने र मृत्यु भएका मध्ये बालबालिका बढी भएकोले विद्यालय तहका विद्यार्थीहरुलाई रेविजबारेको जानकारी गराएर सचेता अभियान चलाउनु पर्नेमा जोड दिए ।
मधेश प्रदेश पशुपन्छी महाशाखा प्रमुख सरोज चौधरीले मानिसको गतिविधिले कुकुरले टोक्दा रेबिज लाग्ने भएकोले कुकुरसंग गर्ने व्यवहारमा परिवर्तन ल्याउनु पर्ने बताए ।
नेपाल भेटनरी एशोसिएशन मधेश प्रदेशका अध्यक्ष डा.विनोद यादवल रेविज रोग उन्मुलनकालागि सरकारी र नीजि क्षेत्र एकै साथ हातेमालो गर्दै जनचेतना र भ्याक्सिन लगाउने अभियान थाल्नु पर्ने बताए ।
भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनुषाका प्रमुख डा.संजिव कुमार ठाकुरले भ्याक्सिनबाट मात्रै रेविज नियन्त्रण गर्न सम्भव नभएकाले रेविज जोखिम क्षेत्रको पहिचान गरी कुकुरलाई खोप लगाउने, कुकुरको बच्चा जन्मिन नियन्त्रण गर्नु पर्ने र कुकुरको टोकाइबाट बच्नु पर्ने सुझाव दिए । रेविजबाट मृत्यु शुन्य बनाउन धनुषामा पछिल्लो ६ महिनामा मात्रै १ हजार ४ सय घरपालुवा जनावरमा रेविजको भ्याक्सिन लगाइएको उनलेबताए ।
प्राणघातक रोगको रुपमा रहेको रेबिज रोग सन् २०३० सम्ममा नेपालमा शुन्य झार्नका लागि रेबिज रोग लाग्न नदिनेतर्फ विशेष ध्यान दिनुपर्नेमा विज्ञहरूले जोड दिएको छ ।