द पब्लिक टुडे
काठमाडौं, असोज १५ गते ।
राष्ट्रिय मुक्ति क्रान्ति नेपालले ७७ जिल्लामा संयोजक मनोनित गरेको छ । राजेन्द्र महतोको नेतृत्तवमा नवगठित राष्ट्रिय मुक्ति क्रान्ति नेपालका लागि ७७ वटै जिल्लामा संयोजक मनोनित गरेको हो ।
मंगलवार पार्टीको काठमाडौंमा उपलब्ध केन्द्रिय नेताहरुको पार्टी अध्यक्ष राजेन्द्र महतोको अध्यक्षतामा बसेको बैठकले ७७ वटै जिल्लाको संयोजकहरु मनोनित गर्ने निणर्य गरेको अध्यक्ष महतोका स्वकीय सचिव विन्द किशोर साह(किशोर गुरु)ले जानकारी दिए ।
७७ वटै जिल्ला संयोजकहरु लगायत पार्टीका सबै नेता कार्यकर्ताहरुलाई बाढी पहिरोबाट पिडित भएका आमजनतालाई तन, मन, धनका साथ दुखको घडीमा सहयोग गर्न आग्रह गर्ने पनि निणर्य गरिएको उनले बताए ।