गोपाल बराल
बर्दिबास, असोज १६ गते ।
सुदृढ संकल्प, कामको निरन्तरता र सम्र्पणले मान्छेलाई सफलताले चुम्छ भन्ने उदाहरण महोत्तरीको बर्दिबास–१ की एकल महिला भद्रकुमारी फुँयाल बनेकी छन् । गीता नाउँले सबैमाझ चिनिएकी भद्रकुमारीको मेहनत र लगनले उनको अभाव र गरिबी हटेको मात्र हैन, अब उनको परिवार सुशिक्षित पनि बनेको छ । गीतालाई चिन्नेहरु उनलाई संघर्षकी पर्याय र ‘गरे के हुँदैन’ भन्ने आहानमा उभ्याउँछन् ।
“लाग्थ्यो, यो माटोमा टेकेर हिंड्ने दिन सकियो, चारैतिर अन्धकार देख्थे” गीता ११ वर्षअघि पति खिन्तप्रसाद फुँयाल (मनोज) को आकस्मिक मृत्युको घटनाका बेलाको मनोदशा सम्झिन्छन् । ससाना तीन लालाबाला । ‘न टेक्ने लौरो, न समाउने ठाउँ’ नेपाली प्रचलनको उखानटुक्का सम्झदै गीता भन्छिन्, “खै कुन प्रेरणाले उठ्न अरायो कुन्नि ! मन समालेर आँखाका आँसु पुछे, जुरुक्क उठे, मनमा संकल्प यौटा पलायो, तैंले केही गर्नै पर्छ ।”
पति मनोजको नियोजित कर्तव्यबाट मृत्यु भएको बेला आफ्ना काखका दुई छोरा र एक छोरीसहित तीन ससाना लालाबाला हुर्काउनुपर्छ भन्ने चेतले त्यसै वर्ष पूर्वपश्चिम राजमार्गको सडक पेटीमा थोरै पुजीको फलपूmल पसल सुरु गरेको गीता बताउँछिन् । आपद्का बेलाको अठोटले निरन्तर काममा जुट्न दिएको हौसलाले गीतालाई त्यसयताका दिनमा दैनिक गुजारामात्र चलाएन, परोपकारी सामाजिक कार्यमा हात बाँड्न र छोराछोरीको समुचित लालनपालन र शिक्षादीक्षाका लागि कसैका सामु हात फैलाउनु परेन ।
आजभन्दा ११ वर्ष पहिले सुरु गरेको फलपूmल पसलले सबै कुरा दिएको गीता बताउँछिन् । “पति वियोगका प्रारम्भिक दिनका संघर्ष जीवन यापनका लागि कहालीलाग्दा थिए, तर म हतासिएनछु, सम्भालिदै अघि बढें, अहिले मसँग अभाव भनेर खुट्याउने कुरा केही छैन” गीता भन्छिन्, “कुनैबेला दुई÷चार रुपैयाँका लागि फैलाउनु परेको हातले अहिले आपद दुःख परेकालाई केही दिन पाएको छ ।”
दुःखका बेलाको संकल्पले आपूmलाई छोराछोरीप्रति पूर्णसम्र्पणको भाव जगाएको गीता सम्झिन्छन् । “पसल सुरु गरेयताका एक÷दुई वर्ष छोराछोरीको लालनपालन दुःखदुःखमै गरें, त्यसपछि पसलको कमाइ ठिकै हुँदै गयो” उनी विगत सम्झर्दै भनेको भए हुन्थ्यो, “त्यसपछि उनीहरुका लागि भरसक सबै कुरा जुटाउन लागे, छोराछोरीका लागि गरिएका प्रयत्नले मलाई खुशी दिन लाग्यो ।”.
अहिले पसलकै कमाइले गीताका छोराहरु एउटा क्यानाडा र अर्को अष्ट्रेलियामा उच्चशिक्षा लिदैछन् । छोरी काठमाण्डौंमा कम्प्युटर इञ्जिनियरिङ्ग पढ्दैछन् । छोराछोरीको लालनपालन, शिक्षादीक्षाका लागि हात फैलाउनु नपरेको गीताको भनाइ छ ।
आफ्नो जीवनयापन, छोराछोरीको शिक्षादीक्षा राम्ररी गरेकी गीता आपदमा परेर सरसापट खोज्न आउनेलाई कहिल्यै बेहात फर्काउदिनन् । “माग्नु सबैभन्दा निरीह कुरा भन्ने आफ्नै भोगाइबाट बुझेकी छु, त्यसैले कोही सरसहयोगका लागि आइपुगे त्यसै फर्काउन मनले मान्दैन, केहीनकेही दिएर पठाउँ भन्ने लाग्छ” गीता भन्छिन् । पतिको मृत्यु नियोजित कर्तव्यबाट आफन्तले नै गराएका बताउने गीता यो प्रसङ्गमा कुरा गर्न चाहिन्न । “गर्नेले गरे, अब त्यो कोट्याएर थप चिन्ता किन बढाउनु ?” उनले यतिमात्र भनिन् । “अब त्यो अध्याय बिर्सेर अघि बढ्नुको के विकल्प छ र ?”सुदृढ इचछाशक्तिकी धनी गीता भन्छिन् ।
व्यवसायले घरबार र नानीहरुको शिक्षादीक्षा राम्ररी चलाएकी गीतालाई परोपकारी काममा थोरतिन सहयोग गर्न मन लाग्छ । परोपकारका क्षेत्रमा गर्न सकिने प्रसस्त सामाजिक क्षेत्रका काम भएपनि आफ्नो आर्थिक अवस्थाले सबैतिर सहयोग गर्न अझै सक्षम भइ नसकेकी आफ्नोबारे गीताको स्वमुल्याङ्न छ । “परोपकारी सामाजिक काममा केही दिउँ, केही गरौं भन्ने लाग्छ” गीता भन्छिन्, “आपूmले सोचेजति दिने सामथ्र्य बनाउन मैले अझै काम गर्नुपर्छ ।” त्यहीपनि मनको हुटहुटीले अनाथ बालबालिका तथा सडक मानव व्यवस्थापनका लागि बर्दिबास–२ मा बन्न लागेको ‘हाम्रो मायाघर’ का लागि पाँच धुर जग्गा र ५१ हजार नगद दिन सकेकी उनको भनाइ आजको द पब्लिक टुडे दैनिक पत्रिकामा प्रकाशित भएको छ ।