द पब्लिक टुडे डेस्क
बर्दिबास, कार्तिक २२ गते ।
छठको अवसरमा महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष घुरन महतोले आफ्नो वडाका साढे सात सय छठ ब्रतालुलाई नयाँ बस्त्र वितरण गर्नु भएको छ । छठको दोस्रो दिन खरनाको अवसरमा छठका ब्रतालुहरुलाई नयाँ बस्त्र वितरण गरिएको हो ।
तराई मधेसको महान पर्वकोरुपमा चिनिने छठमा नयाँ र सफा कपडा लगाउनु पर्ने हुन्छ । तर, सबैले नयाँ बस्त्र खरिद गरेर लगाउन नसक्ने अवस्थालाई मध्यनजर गर्दै वडाको ४ लाख बजेट खर्च गरेर महिलाई सारी र पुरुषलाई धोती र गन्जी वितरण गर्ने योजना बनाइएको थियो ।
बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्री, उपमेयर तारा देवी महतो, वडा अध्यक्ष घुरन महतोले संयुक्त रुपमा छठका ब्रतालुहरुलाई नयाँ बस्त्र वितरणको सुभारम्भ गर्नुभएको थियो ।
ब्रतालुका दैलोदैलोमा पुगेर आज पनि नयाँ वितरणको काम आज पनि जारी राख्ने वडा अध्यक्ष महतोले जानकारी दिनुभयो ।