द पब्लिक टुडे डेस्क
बर्दिबास, मंसिर २ गते ।
चुरे तथा पर्यावरण संरक्षण अभियन्ता सहिद दिलिप महतोको बहिनी संगम कुमारी महतोकि उपचारको क्रममा काठमाडौमा निधन भएको छ ।
२७ वर्षको कलिलो उमेरमै शनिवार काठमाडौ स्थिति टिचिङ अस्पताल महराजगन्जमा हटअट्याक भएर ज्यान गएको उनकि बहिनी लक्ष्मी कुमारी महतोले जानकारी दिइन । सगमकि एक महिनाको छोरी छिन ।
संगमले चुरे संरक्षणका लागि सडक आन्दोलन र अदालतबाट महत्त्वपुर्ण भुमिका खेलेकि थिइन । दाइको हत्यारा (क्रसर माफिया)लाई जेल कोचेर उनले चर्चा कमाएकी थिइन । आफ्नो दाइ दिलिप महतोलाई पर्यावरण सहिद घोषणा गराउने उनको सपना अधुरै रह्यो ।
कुनै दिन त्यो सपना पनि पक्कै पूरा हुनेछ । धनुषाको श्रीपुरमा दिलिप महतोको क्रसर माफियाले २०७६ साल पुस २५ गते औरही खोलामा निर्ममतापुर्वक हत्या गरेका थिए ।