काठमाडौँ, मंसिर २ गते ।
कीर्तिपुर नगरपालिकाको मेयरमा नेकपा ९माओवादी केन्द्र०का शिवशरण महर्जनले उमेदवारी दर्ता गराएका छन् ।
कीर्तिपुर अस्पतालनजिक स्थापित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आइतबार उनले उमेदवारी दर्ता गराएका हुन् ।
कीर्तिपुरमा माओवादी केन्द्र र अशोक राई नेतृत्वको जसपाबीच चुनावी गठबन्धन भएको छ । कीर्तिपुरको मेयर पदमा नेकपा ९माओवादी केन्द्र०का तर्फबाट उमेदवारी दिएका महर्जनलाई एकीकृत समाजवादीले पनि समर्थन गर्ने सहमति भएको छ ।
त्यस्तै, कीर्तिपुर नगरपालिका वडा नं.१ मा जसपाबाट सरल गोपाल महर्जन र वडा नं.४ मा माओवादी केन्द्रबाट नारायण विष्टले उमेदवारी दर्ता गराएका छन् ।
स्थानीय तहका रिक्त ४२ पदका निम्ति यही मंसिर १६ गते उपनिर्वाचन हुँदै छ ।