नामाकरणको विरोध गर्दै आन्दोलनको घोषणा

काठमाडौं , मंसिर ३ गते ।

कोशी प्रदेशको नामाकरणको विरोध गर्दै आएको प्रदेश १ पुनः नामांकन संयुक्त संर्घष समितिले नयाँ चरणको आन्दोलनको घोषणा गरेको छ ।

प्रदेश १ पुनः नामाकंन संयुक्त संर्घष समितिले सोमवार विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरी चैत्र १० गते भित्र कोशी प्रदेशको नाम खारेजी र पुनः नामांकन प्रक्रिया शुरु नगरे प्रदेश सांसदलाई निषेध गर्ने देखि प्रदेश सभा घेराउ, मुख्यमन्त्री कार्यालय घेराउ तथा अनिश्चितकालीन हडताल गर्नेसम्मका आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै संयुक्त संर्घष समितिका संयोजक एवं किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम येक्तेनले आफूहरूको नामाकरणको आन्दोलन कोशी प्रदेशको पुनः नामाकरण नभए सम्म जारी रहने बताए ।

यसैगरी कोशीको नाम र लेटर प्याड चलाउने कर्मचारीलाई पनि कारवाही गर्ने संयुक्त संघर्ष समितिले चेतावनी दिएको छ । इकागज

Scroll to Top