सप्तरी , मंसिर ३ गते ।
आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले विद्यार्थी अनुपातअनुसार शिक्षकको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेश सरकार र सङ्घीय सरकारलाई विद्यार्थीको अनुपातमा तत्काल शिक्षक व्यवस्थाका लागि आग्रह गरे ।
अध्यक्ष साहले भ्रष्टाचार, अनियमितता, कुशासन, मनपरी कर, महँगी, बेरोजगारी, बैदेशिक रोजगारमा ठगीलगायत विषयमा आफ्नो पार्टीले आवाज उठाउँदै आएको बताए ।
आफू माओवादी र एमालेमा रहँदा उच्च पद र ठूलो हैसियत पाए पनि ती पार्टीको कार्यशैलीका कारण देश र जनताका समस्या समाधान हुन नसक्ने ठानेर छुट्टै अभियानमा लागेको उनले बताए ।