कर प्रणाली सुधार गर्न परिसंघको सुझाव

काठमाडौं, मंसिर ५ गते ।

नेपाल उद्योग परिसंघ (सीएनआई) ले कर प्रणाली सुधार गरी आर्थिक सुधार गर्नुपर्नेमा जोड दिएको छ । ‘राष्ट्रिय कर दिवस २०८१’ को अवसर पारेर परिसंघले मंगलबार गरेको ‘परिसंघमा परिचर्चा’ कार्यक्रममा कर प्रणालीमा सुधार गर्न जोड दिएको हो ।

परिसंघका कार्यवाहक अध्यक्ष वीरेन्द्रराज पाण्डेले करको दायरा नभई लगानी विस्तार र औद्योगिक वातावरण बढाउन नीतिगत स्थायित्व हुनुपर्ने बताए । परिसंघ उद्योग तथा राजस्व समिति सभापति राहुल अग्रवालले कर प्रणालीका द्विविधा हटाइनुपर्नेमा जोड दिए ।

आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यले सरकारले कर संकलन गर्ने मात्र नभई लगानी अभिवृद्धिसमेत गर्ने बताए । करको दर नभई दायरा विस्तार गर्ने नीति सरकारले लिएको र अवैध कारोबार नियन्त्रणका लागि निजी क्षेत्रले समेत सहयोग गर्नुपर्ने उनको भनाइ थियो । कान्तिपुर

Scroll to Top