राष्ट्रिय सभाका दुई समितिको बैठक बस्दै



काठमाडौँ, मंसिर ५ गते ।

राष्ट्रिय सभाका दुई समितिका बैठक आज बस्दै छन्।

राष्ट्रिय सभा, विधायन व्यवस्थापन समितिको १४औँ अब केही बेरमा बस्ने भएको हो।

बैठकमा आज नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ मा दफाबार छलफल हुने कार्यसूची छ।

यसैगरी राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आज बस्दै छ।

बैठक अहिले बिहान ११ः३० बजेका लागि बोलाइएको छ।

बैठकमा स्थलगत अनुगमनको प्रतिवेदनको मस्यौदामा छलफल गर्ने कार्यसूची छ।

Scroll to Top