निरुता चौधरी
गौशाला, पुस १४ गते ।
महोतरीको गौशालामा विरता स्पोर्टस क्लवको आयोजनामा राम लखन चौधरीे स्मृतिकप नक आउट फुटबलको १३ औं संस्करण शनिबार देखि शुरु भएको छ । गौशाला–४ मा विरता स्थित खेल मैदनमा १३ औं संस्करण नक आउट प्रदेश स्तरीय फुटबल सुरु भएको हो ।
गाविस अध्यक्ष राम लखन चौधरीलाई माओवादी द्धन्द्धकालमा गोलि हानि हत्या गरिएको र स्वर्गीय चौधरीको सम्मानमा वर्षेनी फुटवल खेल आयोजना हुदै आएको विर्ता स्पोट्र्स क्लबका सचिव इन्दल राउतले बताए । प्रतियोगितामा १६ वटा टीम सहभागी भएको सचिव राउतले बताए ।
पहिलो दिनको खेलमा न्यु जेनरेशन युथ क्लव मदनपट्टी महोत्तरीलाई जन ज्योती युवा क्लव चन्द्रनगर सर्लाहीले १–३ गोल अन्तरले पराजित गरेको छ ।
पहिलो दिनको उदघाटन खेलमा जन ज्योती युवा क्लव चन्द्रनगर सर्लाहीको लागि कमल शाहीले २ र अभिनाश चौधरीले १ गोल गरे । न्यु जेनरेशन युथ क्लव मदनपट्टी महोत्तरीको तर्फबाट सौरभ चौधरीले १ गोल मात्र फर्काउन सकेका थिए ।
पुस २७ गते सम्म सञ्चालन हुने स्व.रामलखन चौधरीे स्मृतिकप फुटबल प्रतियोगितामा विजयी हुने टिमलाई नगद ७० हजार र दोस्रो स्थान ल्याउने टिमलाई नगद ३५ हजार पुरस्कार राखिएको छ । प्रतियोगितामा म्यान अफ द सिरिज, म्यान अफ द म्याच पुरस्कार प्रदान गरिने आयोजक विरता स्पोर्टस क्लवले जनाएको छ ।
स्व.रामलखन चौधरीे स्मृतिकप फुटबल प्रतियोगिता उद्घाटन गौशाला नगरपालिकाका वडा नं. ४ का वडा अध्यक्ष राम नारायण महासेठ गरेका थिए ।
स्वास्थ्य जिवनको लागी खेल अनिर्वाय रहेकोले सरकारबाट खेलकुदको विकासका लागि प्रयाप्त बजेट विनियोजन गर्नुपर्ने महासेठले बताए ।