जबरजस्ती करणी गरेको अभियोगमा २ पक्राउ

File Photo

द पब्लिक टुडे
गौशाला, पुस १४ गते ।

जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौँमा दुईजना पक्राउ परेका छन् ।

१७ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले शनिबार दिउँसो काठमाडौं–३० रुद्रमार्ग बस्ने २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूको नाम प्रहरीले खुलाएको छैन ।

उनीहरूले ती किशोरीलाई घुम्न जाने भन्दै फकाएर आफ्नो कोठामा लगि मंगलबार राति जबरजस्ती करणी गरेको उजुरी प्रहरी कार्यालयमा परेको थियो ।

सोही उजुरीको आधारमा प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई शनिबार पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Scroll to Top