संविधान संसोधन बारे पत्रकारहरुले बहस चलाउनुपर्छ : केन्द्रीय सदस्य महतो

जनकपुरधाम, पुस १६ गते ।

संविधानमा देखिएका त्रुटिबारे पत्रकारहरुले संचारमाध्यमबाट बहस चलाउनु पर्ने नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य राज करण महतोले बताएका छन् ।

सोमबार जनकपुरधाममा नेपाल पत्रकार महासंघ मधेश प्रदेश समिति नवनिर्वाचित कार्यसमितिको पदभार हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

संविधानमा देखिएका त्रुटि र अहिलेको आवश्यकताबारे पत्रकारहरुले समाचारको माध्यमबाट उजागर गर्नु पर्ने आवश्यकतामा उनले जोड दिए । संघियता कार्यान्वयनको राम्रा अभ्यासबारे उजागर गर्नुपर्ने र देखिएको कमजोरीबारे सुधारका लागि पत्रकारहरुले पत्रकारिको माध्यमबाट भूमिका खेल्नु पर्ने उनले जोड दिए ।

नेपाल पत्रकार महासंघले प्रत्यक्ष कार्यकारी नेतृत्वको अभ्यास गरिरहेको केन्द्रीय सदस्य महतोले बताए । राजनीतिक क्षेत्रमा पनि प्रत्यक्ष कार्यकारी राष्ट्रपति निर्वाचन प्रणाली र निर्वाचन प्रणाली सुधार गर्नु पर्ने आवश्यकता उठिरहेकोले त्यसमा नेपाल पत्रकार महासंघले गरिरहेको अभ्यासले सहयोग पु¥याउने बताए ।

उनले भने, ‘संघीयता सहितको लोकतान्त्रिक, गणतान्त्रिक व्यवस्था भन्दा उत्तम व्यवस्था अरु हुनै सक्दैन । बरु संघीयता कार्यान्वयनमा देखिएका जटिलताहरुलाई फुकाउँदै जनताका इच्छा, आकांक्षा र आवश्यकतालाई समय अनुकुल संविधान संशोधन गरेर अगाडि बढ्नु पर्छ र यसका लागि मिडिया र पत्रकारहरुले सकारात्मक भूमिका निर्वाह गर्नुपर्छ ।’

नेपाल पत्रकार महासंघलाई पत्रकारहरुको छाता संगठनको रुपमा विकास गर्न निर्मला शर्माको नेतृत्वले काम अगाडि बढाउने केन्द्रीय सदस्य महतोले बताए । उनले भने, ‘छुटेका पत्रकार साथीहरुको सदस्यता रिन्यु हुन्छ, त्यसका लागि हामी पहल गछौं ।’

सरकारले संचारकर्मीहरुको वृद्धि विकासका लागि योजना बनाएर काम गर्न माग गरे । उनले भने, ‘मिडिया हाउसमा देखिएका श्रमका समस्याहरुलाई गम्भिरताका साथ व्यवस्थापनसँग छलफल र बहका माध्यमबाट समाधान गर्छौ ।’

Scroll to Top