तरूण दलको संयुक्त भेला अन्तिम समयमा स्थगित

काठमाडौँ, पुस १८ गते । 

नेपाल तरुण दलको पूर्वनिर्धारित भेला स्थगित भएको छ । 

नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलको पुर्व निर्धारित भेला अन्तिम समयमा आएर स्थगित भएको हो । 

केन्द्रीय कार्यालयका मुख्यसचिव ठान प्रसाद पोखरेलले एक सूचनामार्फत भेला स्थगित भएको जानकारी दिएका छन । तयारी नपुगेको भन्दै भेला स्थगित गरिएको जनाइएको छ । 

यसअघि तरुण दलले पुस २२–२३ गते केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुको संयुक्त भेला काठमाडौँमा गर्ने तय गरेको थियो । 
 

Scroll to Top