काठमाडौँमा भूकम्पको धक्का महसुस

File Photo

काठमाडौँ, पुस १८ गते ।

काठमाडौँमा बिहीबार दिउँसो भूकम्पको धक्का महसुस भएको छ ।

दिउँसो १ बजेर २ मिनेटमा सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर ४.८ म्याग्निच्यूडको धक्का काठमाडौँमा महसुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले नेपाल–चीन सीमाक्षेत्रनजिक ज्यामिरेबाट दुई किलोमिटर पर माझीटार केन्द्रविन्दु बनाएर भूकम्प गएको जनाएको छ ।

केन्द्रका अनुसार यसअघि १६ पुसमा बैतडीको सिगास गाउँपालिकाको न्वाघर क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४।६ म्‍याग्निच्यूडको भूकम्प गएको थियो ।

Scroll to Top