राप्रपाको बैठकमा कमल थापाको प्रतिवेदनमाथी छलफल जारी

File Photo



काठमाडौँ, पुस २० गते ।

राप्रपा नेपालको केन्द्रीय कार्य समितिको बैठक जारी रहेको छ।

काठमाडौँको नबदुर्गा पार्टी प्यालेस, चाबहिलमा बैठक चलिरहेको छ । हिजोको बैठकमा अध्यक्ष कमल थापाले मुलुकको समसामयिक परिस्थितिको समिक्षा र पार्टीको भाबी कार्यदिशा प्रस्तुत गरेका थिए । 

शासकिय स्वरुप, निर्बाचन प्रणाली लगायतका बिषयमा पार्टीको धारणा तयार गर्न गठित समितिको अन्तरिम प्रतिबेदन उपाध्यक्ष डा।बिष्णु भण्डारी, तराई मधेस उत्थान अभियानबारे उपाध्यक्ष धिरेन्द्र झा, संगठन बिभागको प्रतिबेदन महामन्त्री राजाराम बर्तौला, आर्थिक प्रतिबेदन कोषाध्यक्ष ज्ञानेन्द्र कार्की, सचिवालयको प्रतिबेदन सह महामन्त्री हिक्मतजङ्ग भण्डारी, गैर सरकारी बिभागको प्रतिबेदन सह महामन्त्री महेश्वर रोक्काले प्रस्तुत गरेका थिए ।

हिजो पेश भएका कार्यपत्र र प्रतिबेदनमाथि केन्द्रिय सदस्यहरू धारणा राखिरहेको महामन्त्री बर्तौलाले जानकारी दिए ।

Scroll to Top