माओवादी स्थायी कमिटी बैठक बस्दैँ

काठमाडौँ, पुस २१ गते ।

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैँछ ।

शनिवार २ बजेका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित भए पछि आज बस्न लागेको हो ।

बैठक बिहान ८ः०० बजे बस्ने केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।

आज दिउँसो देखी सुरू हुने केन्द्रिय समिति बैठकमा पेश गर्न लागेको  ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शिर्षकको राजनीतिक प्रतिवेदन टुंग्याउनका लागि सो बैठक बस्दैँछ । बैठकले केन्द्रिय समितिका अजेन्डालाइ पनि अन्तिम रूप दिदैँछ । 

Scroll to Top