त्रिवि परिषद्‍को रिक्त पदमा ४ सदस्य नियुक्त

काठमाडौँ, पुस २२ गते ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि)को कार्यकारी परिषद् सदस्यमा चारजना नियुक्त भएका छन्।

उपकुलपति प्राडा केशरजंग बरालले ५ वटा संकायको तर्फबाट विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्राडा शंकर खनाल र ४ वटा संकायको तर्फबाट मानविकी तथा सामाजिकशास्त्र संकायका डीन प्राडा दुविनन्द ढकाललाई सदस्य नियुक्त गरेका हुन्।

त्यसैगरी प्रोफेसरहरूको तर्फबाट प्राडा लालु प्रसाद र डाक्टर जगत मोहन श्रेष्ठ कार्यकारी परिषद् सदस्य नियुक्त भएका छन्। यही पुस १२ गतेदेखि दुईवर्षे कार्यकाल सकिएपछि त्रिवि परिषद्का चार सदस्य पद रिक्त थियो।

त्रिवि परिषद्‍मा उपकुलपति, रेक्टर र रजिस्ट्रारसहित ७ सदस्य रहने व्यवस्था छ।

Scroll to Top