मधेसकेन्द्रित दलहरूबीच मोर्चाबन्दीका लागि जनमतले तोक्यो दुई सदस्य

द पब्लिक टुडे
गौशाला, पुस २२ गते ।

सिके राउत नेतृत्वको जनमत पार्टीले मधेसकेन्द्रित दलहरूबीच मोर्चाबन्दीका लागि दुई सदस्य तोकेको छ।

जनमतका केन्द्रीय सचिवालय प्रमुख राजेशकुमार मण्डलका अनुसार केन्द्रीय उपाध्यक्ष अब्दुल खान र प्रवक्ता शरदसिंह यादवलाई सदस्य तोकिएको छ।

आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय समितिको निर्णयअनुसार सदस्यहरू तोकिएको हो।

संविधान संशोधनका विषयलाई लिएर धारणा समान बनाउन भन्दै मधेसकेन्द्रित दलहरूले मोर्चाबन्दी बनाउन लागेका छन्।

गत असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सात बुँदे सहमतिमा संविधान संशोधनका विषय पनि उल्लेख छ।

Scroll to Top