प्रचण्ड माधव बार्तामा मिसिए अशोक राई

काठमाडौं, पुस २६ गते ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटबार्ता बाक्लिन थालेको छ ।

हिजो पनि भेटघाट गरेका प्रचण्ड र माधवले आज पनि सिंहदरबारमा भेटबार्ता भएको छ ।  

हिजो माओवादी र नेकपा एसका नेताहरूका बिचमा मात्रै भएको भेट आज भने जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई पनि मिसिएका छन् ।

भेटमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे आगामी दिनमा समान धारणा बनाउनमा वार्ता केन्द्रित रहेको जनाइएको छ ।

Scroll to Top