राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठनको अध्यक्षमा सापकोटा

काठमाडौँ, पुस २६ गते ।

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठनको अध्यक्षमा राजेन्द्रप्रसाद चयन भएको छ । सङ्गठनको शुक्रवार सम्पन्न चौथो महाधिवेशन तथा निर्वाचनले सापकोटाको अध्यक्षतामा ४१ सदस्यीय समिति निर्विरोध निर्वाचित गरेको पर्यटन उपत्यका विशेष जिल्ला कमिटीका सदस्य विनोद सापकोटाले राससलाई जानकारी दिए ।

यस्तै, सङ्गठनको वरिष्ठ उपाध्यक्षमा यमबहादुर खड्का पाँच उपाध्यक्षमा लिलाबहादुर लामा, गोपालबहादुर बम, चीरञ्जीवी पोखरेल, ङावाङिवा शेर्पा र महेश भट्टराई, महासचिवमा रामबहादुर खड्का निर्वाचित भएको छ ।

यसैगरी, दुई उपमहासचिवमा प्रदीप आचार्य र दीपक दाहाल र छ सचिवमा राम वली दास, कुलचन्द्र पाण्डे, एलिना मगर, डिल्लीराम शर्मा अधिकारी, भुवनबहादुर पाण्डे र बलराम सुवेदी र कोषाध्यक्षमा विक्रम बाडे चयन भएको छ । यस्तै बाँकी सदस्यपनि चयन गरेको छ ।

Scroll to Top