पेरिस, माघ ३ गते ।
फ्रान्सबाट एउटा ठूलो खबर बाहिर आएको छ । फ्रान्सबाट एक प्रमुख सैन्य गुप्तचरीको जानकारी लीक भएको छ। फ्रान्सको गोप्य सैन्य आधार शिविर र ४ आणविक पनडुब्बीसँग सम्बन्धित संवेदनशील सूचना चुहिएको खबरले विश्वभर सनसनी फैलाएको छ । अचम्मको कुरा यो हो कि यो सम्पूर्ण घटनाको पछाडि एक फिटनेस एपले काम गरेको छ।
फ्रान्सेली सैन्य पनडुब्बीमा बस्ने केही अधिकारीहरूले फिटनेस एप प्रयोग गरेका थिए । यस फिटनेस एप मार्फत पनडुब्बीको स्थान मात्र नभई यसको स्थिति र गस्ती गतिविधिसँग सम्बन्धित जानकारी पनि बाहिरिएको छ। खासमा, यी पनडुब्बीहरूले कहिले र कुन समयमा गस्ती गर्छन् ? यसको जानकारी पनि एपबाट लीक भएको छ ।
यस फिटनेस एपको नाम स्ट्राबा हो । यो पनडुब्बीको चालक दलद्वारा प्रयोग गरिएको थियो । चार पनडुब्बी जसको डाटा लीक भएको छ, तिनीहरूमा १६ वटा आणविक मिसाइलहरू रहेको खुलेको थियो । यी पनडुब्बीहरूलाई ब्लाक बोटसको नाम दिइएको छ । यदि रिपोर्टहरूमा विश्वास गर्ने हो भने यी पनडुब्बीमा हिरोशिमा र नागासाकी भन्दा १००० गुणा ठूलो विनाश निम्त्याउने शक्ति रहेको छ ।
फ्रान्सले यी पनडुब्बीहरूलाई फिनिस्टेयरस्थित ब्रेस्ट हार्बरमा लुकाएर राखेको थियो । यसको नाम आइल लॉन्ग पनडुब्बी बेस हो । यहाँ २००० भन्दा बढी फ्रान्सेली सैन्य कर्मचारीहरू रहदैँ आएका छन । यो बेसलाई फ्रान्सको सबैभन्दा गोप्य विमान स्थलको रूपमा मानिन्छ । यो सम्पूर्ण क्षेत्र २४ घण्टा क्यामेरा र ड्रोनको निगरानीमा रहन्छ। यस बेसमा मोबाइल फोन बोक्न पनि निषेध गरिएको छ । मोबाइल बेसको चेक प्वाइन्टमा जम्मा हुन्छन, जसले गर्दा कसैलाई यसको स्थान थाहा हुँदैन ।
तर, पनडुब्बीका चालक दलमा रहेका ४५० भन्दा बढी सैन्य अधिकारीहरूले स्ट्रभा एप प्रयोग गरेको दाबी गरिएको छ । आफ्नो फिटनेस जाँच गर्न, उनीहरूले अनजानमा आफ्नो सम्पूर्ण तालिका एपमा साझा गरेका थिए । जसका कारण पनडुब्बीको बारेमा जानकारी पनि सबैका अगाडि आयो । एप प्रयोग गर्ने सबै अफिसरहरूले पनि आफ्नो प्रोफाइल सार्वजनिक राखेका थिए, ताकि सबैलाई यसको बारेमा थाहा होस् ।
फ्रान्सेली पत्रिका ले मोन्डेका अनुसार यो एप फ्रान्सका लागि मात्र नभई रुस र अमेरिकाजस्ता धेरै ठूला देशका लागि पनि खतरा बन्न सक्छ । वास्तवमा फ्रान्स, रुस र अमेरिकालगायत धेरै देशका राष्ट्रपति र प्रधानमन्त्रीका अंगरक्षकहरूले पनि यो एप प्रयोग गर्छन् । यस्तो अवस्थामा एपमार्फत उनीहरुको लोकेसन पनि लिक भइरहेको जनाएका छन् ।