द पब्लिक टुडे
बर्दिवास, फागुन ३ गते ।
प्रेस चौतारी नेपाल महोत्तरी शाखाको अध्यक्षमा रामनारायण महतो निर्विरोध निर्वाचित भएका छन् । शनिवार महोत्तरीकाे बर्दिवासमा सम्पन्न दोश्रो जिल्ला अधिवेशनबाट महतो निर्विरोध निर्वाचित भएका हुन् ।
उपाध्यक्षमा रुपेश कुमार यादव, महिला उपाध्यक्षमा रिता कुमारी लामा, सचिवमा अमृत कुमार महतो, सहसचिवहरु मनिषा श्रेष्ठ र अनिल कुमार यादव र कोषाध्यक्षमा रामबाबु राय यादव रहेको प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा निर्वाचन प्रतिनिधि ईश्वरीप्रसाद काफ्लेले जानकारी दिए ।
उनका अनुसार सदस्यहरुमा सुनिता कुशवाहा, भूमिका उपाध्याय, रोशन कुमार महतो र राम ईश्वर ठाकुर निर्विरोध निर्वाचित भएका छन् ।
अधिवेशनबाट केन्द्रिय प्रतिनिधिहरुमा गाेपालप्रसाद बराल, राजकरण महतो र सुनिता कुमारी महतो सिफारिस भएका छन् । त्यसैगरी प्रदेश प्रतिनिधिहरुमा माधब श्रेष्ठ, धनबिर महतो र अमृता सिंहलाई सिफारिस गरिएको नवनिर्वाचित अध्यक्ष महतोले जानकारी दिए ।