महोत्तरी : यात्रु बस पल्टियो, १५ जना घाईते



देव कुमार महतो
गौशाला, फागुन २३ गते ।

महोत्तरीमा बस पल्टिदा १५ जनाभन्दा बढी यात्रु घाइते भएका छन् । जिल्लाको को महोत्तरी गाउँपालिका–५ गोरिगामा जमुनिँयाबाट जलेश्वर जाँर्दै गरेको ना३ख ८९९७ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई खेतमा पल्टिएर दुर्घटना भएको छ ।

दुर्घटनामा परि घाइते भएकाहरुलाई आवश्यक उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर तथा अन्य अस्पतालहरुमा पठाइएको र घाइतेहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

बस पल्टिएपछि बसका चालक र सहचालक फरार भएका छन् । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Scroll to Top