एस के सिंह
गौशाला, फागुन २७ गते ।
सञ्चारिका समुह नेपाल मधेश प्रदेश समितिमा केन्द्रले हस्तक्षेप गरी एकलौटी तानाशाहि प्रवृति देखाएको सदस्यहरुले आरोप लगाएका छन् । सञ्चारिका समुह नेपाल मधेश प्रदेश समितिका अध्यक्ष हेम कुमारी बराल सुनितालाई दोश्रो पटक अध्यक्ष बनाउन केन्द्रले हस्तक्षेप गरेको कार्यसमितिकै पदाधिकारीहरुले आरोप लगाएका छन् ।
मंगलबार बर्दिबासको गुञ्जा होटलमा सञ्चारिका समुह नेपाल मधेश प्रदेश समितिको अधिवेशन मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले उदघाटन गरेका छन् । अधिवेश उदघाटन भएपनि सञ्चारिका समुह नेपाल मधेश प्रदेश समितिका सदस्यहरुको नाम सार्वजनिक गरेको छैन । बरालले आफु अध्यक्ष बन्न सदस्यको नाम नै केन्द्रमा नपठाएर आफु अनुकुलका निश्क्रीय सञ्चारकर्मीहरुलाई बोलाएर अधिवेशन गर्न लागेको कार्यसमिति सदस्यहरुको आरोप छ ।
क्रियाशिल मधेशी पत्रकार महिलालाई उपेक्षा गरी प्रेस सेन्टरमा आबद्ध भएकाहरुलाई मात्र अधिवेशमा बोलाएको, कार्यक्रममा सहभागि हुन आएका अध्यक्षको दाबेदार पत्रकालाई अपमान गरेको, कार्यक्रममा सम्प्रदायिक रुपले नै विभेद गरेको अधिवेशनमा सहभागि हुन आएका सञ्चारकर्मीहरुले बताए ।
सञ्चारिका समुहको अधिवेशनकलागि मधेश प्रदेशका मन्त्रालयहरु र जिल्लाका सरकारी कार्यालयहरुबाट चन्दा संकलन गरी अपचलन गरेको बरालमाथि आरोप लागेको छ ।