द पब्लिक टुडे
गौशाला, चैत १ गते ।
चार देशीय सिरिज अन्तर्गत नेपालले आज हङकङविरुद्धखेल्दै छ ।
नेपाली समय अनुसार यो खेल अपराहन्न १२ः४५ बजेदेखि शुरु हुनेछ ।
सिरिजमा नेपालले खेलेका ५ खेलमा एक जित र ४ हार बेहोरसँगै फाइनल दौडबाट बाहिरिएको छ । नेपालले यसअघि नामिबियासँग दुवै पटक तथा हङकङ र युगाण्डासँग एकएक खेलमा हार बेहोरेको थियो । त्यस्तै आयोजक युगाण्डालाई एक खेलमा पराजित गरेको थियो ।
त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ ।