धनुषामा बस दुर्घटना, २० बढी घाइते

द पब्लिक टुडे
गौशाला, चैत १ गते ।

धनुषामा जनकपुरबाट लहान तफ जाँदै गरेको बस दुर्घटना हुँदा २० भन्दा बढी यात्री घाइते भएका छन् । बसमा अधिकांश १५ दिने मिथिला मध्यमा परिक्रमामा सहभागी भएर फर्किरहेकाहरु यात्रुहरु रहेका थिए ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाधाम नगरपालिकाको मालटोल नजिक जनकपुरधामबाट लहान जाँदै गरेको ना ५ ख १४४१ नम्बरको बस पल्टेको हो ।

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशंकर यादवले दिएको जानकारी अनुसार दुर्घटनामा २० जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।

‘दुर्घटनामा सामान्य, मध्यम र गम्भीर गरी २० भन्दा बढी यात्रु घाइते भएका छन् । घाईतेहरुको ६ वटा एम्बुलेन्समा उपचारका लागि अस्पतालहरुमा लगिएको छ’ उनले भने ।

Scroll to Top