माग पूरा नभएसम्म शिक्षकले उत्तरपुस्तिका परीक्षण नगर्ने

शैक्षिक सडक प्रर्दशन काठमाडौँ, २४ चैतः मुलुकभरका सामुदायिक विद्यालयका शिक्षकद्वारा शनिबार काठमाडौँको बबरमहल–नयाँ बानेश्वर सडकमा विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न मागसहित गरिएको प्रर्दशन । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा पछिल्लो प्रदर्शन गत चैत २० गतेदेखि निरन्तर काठमाडौँमा चलिरहेको छ । तस्बिरः हरिराम भेटुवाल÷रासस



काठमाडौँ, चैत्र २४ गते ।

नेपाल शिक्षक महासङ्घले चौथो चरणको आन्दोलन घोषणा गरेको छ । यही चैत २० गतेदेखि काठमाडौँमा सडक आन्दोनल गरिरहेको महासङ्घले सोमबारदेखि शैक्षिक हडतालको घोषणा गरिएको महासङ्घ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।

आन्दोलन अवधिभरि उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, शैक्षिक भ्रमणजस्ता कुनै पनि कार्यमा सङ्लग्न नहुन उनले आग्रह गरेको छ ।

महासङ्घको अगुवाइमा विद्यालय शिक्षा विधेयक जारी गर्नुपर्ने माग राख्दै आन्लोन भइरहेको छ । महासङ्घ अध्यक्ष सुवेदीले विगतमा भएका सहमतिअनुसार विधेयक जारी गर्नुपर्ने र सो नभएसम्म आन्दोलनमै रहने बताए । उनले अध्यादेशबाट भए पनि विगतमा गरिएका सहमतिअनुसार विधेयक जारी गर्नुपर्ने माग गरे ।

Scroll to Top