हत्या गरेर फरार साह १७ वर्षपछि पक्राउ



द पब्लिक टुडे
गौशाला, चैत २६ गते ।

पर्सा प्रहरीले १७ वर्षपछि व्यक्ति हत्या गरेर फरार भएका एक अभियुक्तलाई पक्राउ गरेको छ ।

२०६४ साल वैशाख १५ गते पर्साको साविक बहुअर्वाभाठा गाविस–५ का ढोडा मुखिया विनको हत्या गरी फरार भएका लोकनाथ साह तेलीलाई पक्राउ गरेको हो ।

साहले जग्गा विवादको विषयमा छलफल गर्न भनी बोलाएर मुखियाको गोली प्रहार गरी हत्या गरेका थिए । उनलाई सर्वोच्च अदालतले २०६९ कात्तिक २४ गते सर्वस्वसहित जन्म कैदको फैसला सुनाएको थियो ।

अभयुक्त साह भारतको एक मन्दिरमा पुजारीको रुपमा बसिरहेको खुलेको छ । उनलाई प्रहरीले सोमबार पर्साको वीरजन्जबाट पक्राउ गरेको हो । पक्राउ परेका साहलाई प्रहरीले फैसला कार्यान्वयनको लागि पर्सा जिल्ला अदालतमा पेश गरेको छ ।

Scroll to Top