अमेरिकाले अब औषधिमा पनि कर लगाउँछ : ट्रम्प

File Photo



वासिङटन डिसी, चैत २७ गते ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन डीसीमा एक कार्यक्रममा भाषण दिँदै अमेरिकाले औषधिमा कर लगाउने बताएका छन्।

उनले भने, ुहामी आवश्यक कदम चाल्दैछौं। जब हामी औषधिमा शुल्क लगाउँछौं, विदेशी कम्पनीहरू अमेरिकामा औषधि उत्पादन गर्न आउनेछन्, किनभने अमेरिका सबैभन्दा ठूलो बजार हो।ु

ट्रम्पले यसले औषधि कम्पनीहरूमाथि दबाब पर्ने दाबी गरेका छन्। उक्त कार्यले कम्पनीहरू चीन जस्ता देशहरूबाट आफ्नो व्यवसाय सारेर अमेरिकामा कारखाना स्थापना गर्ने र यसले अमेरिकामा औषधि उत्पादन बढ्ने बताएका छन्।

यसअघि औषधिमा कर थिएन

ट्रम्पले गत हप्ता कर घोषणा गर्दा औषधिहरूलाई छुट दिएका थिए। तर ट्रम्पले पहिले नै औषधिमा छुट्टै कर लगाउने बताउँदै आएका छन्।

विश्वका अधिकांश औषधिहरू चीन, भारत र युरोपमा उत्पादन गरिन्छ।

केही विज्ञहरूले औषधिमा प्रयोग हुने सामग्रीहरूमा भन्सार लगाइएमा सर्वसाधारणका लागि औषधिको मूल्य बढ्न सक्ने चेतावनी दिएका छन्। बीबीसी

Scroll to Top